३१ श्रावण २०८२, शुक्रबार | August 15, 2025

विशेष अदालतमा टिम परिवर्तन, किन ल्याइए सुदर्शनदेव भट्ट


August 15, 2025
498
Shares

काठमाडौं, ३० साउन । विशेष अदालतको सेट नै परिवर्तन भएको छ । त्यसका लागि अध्यक्षसहित सदस्य पदमा नाम सिफारिश भएका छन् ।

सिफारिश भएका अध्यक्षमा सुदर्शनदेव भट्ट छन् । उनी सुशिला कार्की प्रधानन्यायाधीश हुँदा उच्च अदालतमा नियुक्ति पाएका हुन् । कार्कीले उनको नाम सिफारिश गर्न निकै दबाब झेल्नुपरेको थियो । नेपाली काँग्रेस पृष्ठभूमिका भट्ट गृहमन्त्री रमेश लेखकका नातेदार पनि हुन् । आफ्ना फुपूका छोरा भट्टलाई विगतमा उच्च अदालत ल्याउन लेखकले नै मुख्य भूमिका खेलेका थिए ।
सदस्यहरुमा नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला छन् । उनीहरु पनि मुख्य दलहरुसँग नजिक मानिन्छन् ।

पौडेल र श्रेष्ठ एमालेनिकट हुन् । कोइराला काँग्रेसनिकट हुन् । हेमन्त रावल माओवादी केन्द्रनिकट छन् । प्रमुख दलका नजिकका न्यायाधीश मिलाएर उच्च अदालतमा सेटिङ मिलाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचारका ठूला मुद्दाहरु दायर गरेर विशेष अदालतमा विचाराधीन छ । ठिक यही बेलामा विशेष अदालतको टिम नै परिवर्तन भएको छ । विशेष अदालतले भविष्यमा के कस्ता फैसलाहरु गर्ने हो चासो बनेको छ । अदालतलाई नै प्रभावित पार्ने गतिविधि राजनीतिक तहबाट भइरहेको विषय उठिरहँदा पछिल्ला घटना विकास भएका छन् ।

प्रतिक्रिया