३१ श्रावण २०८२, शुक्रबार | August 15, 2025

घट्यो सुनचाँदीको भाउ,कतिमा हुँदैछ कारोबार ?


August 15, 2025
83
Shares

काठमाडौं,३० साउन । नेपाली बजारमा आज पहेलो धातु सुनको भाउ घटेको छ । बिहीबारको तुलनामा शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघको अनुसार आज छापावाल सुन तोलाको १ लाख ९६ हजार २ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ । बिहीरबा तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मुल्य पनिमा सामान्य रुपमा गिरावट आएको छ । चाँदी प्रतितोला २ हजार ३ सय १५ रुपैयाँ मुल्य कायम भएको छ भने बिहीबार २ हजार ३ सय ४० रुपैयाँमा खरिद विक्रि भएको थियो ।

प्रतिक्रिया