बिमलराज र इन्दिराको ‘ए आमा म त जिउँदै मरे’ सार्वजनिक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसकी युवा नेतृ इन्दिरा निरौलाको शब्द र रचना रहेको तीज गीतको अडियो ‘ए आमा म त जिउँदै मरे’ बजारमा आएको छ ।
गीतमा चर्चित गायक बिमलराज क्षेत्री र गायिका समीक्षा अधिकारीको आवाजमा तीज गीतको अडियो सार्वजनिक भएको हो । गीतमा क्षेत्री कै सङ्गीत रहेको छ भने रमेश सेन्चुरीले एरेन्जर गरेका हुन् ।
अबको केही दिनमै यसको म्युजिक भिडियो पनि प्रकाशन हुने तयारीमा रहेको निरौलाले बताइन् ।