३० श्रावण २०८२, बिहिबार | August 14, 2025

पशुपति आर्यघाटमा शवको मासु बेचेको अपवाह फैलाउने पक्राउ,प्राइम टेलिभिजनलाई कारबाहीको माग


August 14, 2025
166
Shares

काठमाडौं,२९ साउन । केही दिन अघि पशुपति आर्यघाटमा शवको मासु बेचेको भनी अपवाह फैलाउने एकजना पक्राउ परेका छन् । पक्राउ परेका ति ब्यक्तिले झूठो अफवाह फैलाएर आफुबाट गल्ती भएको स्वीकार गरेको स्रातेले जनाएको छ ।
यस सम्बन्धमा आज पशुपति आर्यघाटमा पत्रकार सम्मेलन हुदैछ ।

आर्यघाटमा शवको मासु बेचेको बारेमा बिनाआधार पशुपतिनाथ, पशुपति आर्यघाट र हिन्दु धर्म माथिनै प्रश्न उठ्ने गरी गरिएको गलत प्रचार गरेको एक कर्मचारीले बताए ।

सत्य तथ्य छानबिन गरी प्राइम टेलिभिजनका संचालक एवं पत्रकार ऋषि धमला लगायत गलत हल्ला फैलाउनेले आर्यघाटमै आई माफी माग्नु पर्ने र कानुन अनुसार सजायको माग सम्पूर्ण पशुपति आर्यघाटमा कार्यरत अन्य कामदार र कर्मचारीहरुले गरेका छन् । हिन्दु धर्म र पशुपतिनाथ माथिनै प्रहार गर्नेलाई कारबाही नभए आर्यघाटमा लास जलाउन रोकिने सम्मको चेतावनी घाटमा कार्यरत कामदारहरूको दिएका छन्।

बिहीबार १० बजे पशुपति आर्यघाट परिसरमा सबै उपस्थित भई उक्त घटनाको बारेमा सही समाचार सम्प्रेषण गरिदिन पशुपति परिसरमा कार्यरत कर्मचारीहरूले आह्वान गरेका छन् ।

 

प्रतिक्रिया