१६ भाद्र २०८२, सोमबार | September 1, 2025

विपिन जोशीको रिहाइको लागि आँखाभरी आँशु, मनभरि पीडा बोकेर आमा र बहिनी इजरायलतर्फ लागे


August 11, 2025
581
Shares

काठमाडौं,२६ साउन । हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको  रिहाइको अन्तर्राष्ट्रिय दबाब बढाउने उद्देश्यले आमा र बहिनी इजरायल प्रस्थान गरेका छन् । आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल प्रस्थान गरेका हुन्।

पारिवारिक स्रोतका अनुसार उनीहरूले इजरायली पक्षसँग भेट गरी विपिनको सकुशल रिहाइका लागि आग्रह गर्ने कार्यक्रम रहेको छ।

इजरायल पढ्न गएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि बेपत्ता बनाइएका हुन् । उक्त घटनापछि जोशी परिवारले निरन्तर विपिनको सुरक्षाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अपिल गर्दै आएको छ।

नेपाली कांग्रेसका युवा नेता एवं समाजसेवी अबुल हुसेन अन्सारीले उनीहरूलाई एयरपोर्टमा बिदाई गर्न र अन्य सहजिकरण र सहयोगका लागि साथ दिएका हुन्। अन्सारी सोमबार बिहान एयरपोटै पुगेर उनीहरुलाई सहजीकरण गर्दै बिदाइ गरेका थिए । विदाईका क्रममा विपिनका आमा र बहिनीका आँखाबाट आँशु झरिरहेको थियो ।

उनीहरू फ्लाइ दुबईको विमानमार्फत इजरायलतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भावुक माहोल देखिएको थियो। विमानस्थल प्रवेश गर्दा आमा र छोरी दुवैको आँसु थामिन सकेन।

 

प्रतिक्रिया