के रविले हिरासतमा पत्रिका पढ्न पाएका छैनन् ?

काठमाडौं,२२ साउन । नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपाका सभापति रवि लामिछानेलाई जेलभित्र पत्रपत्रिका पनि पढ्न नदिएको बताएका छन् ।
भट्टराईले लुम्बिनी प्रदेश स्तरीय २ दिने विस्तारित बैठकमा सहभागि हुन जाने क्रममा भैरहवा कारगारमा पुगेर रविसँग भेट गरेका हुन् ।
भेटपछि उनले प ञ्चायतकालमा पनि आफुहरुले जेलमा पत्रिका पढ्ने सुनाउदै सुचनाबाट बञ्चित गर्न नहुने तर्क गरे ।
उनले रविलाई बाहिर जमानतमा रहेर मुद्दा लड्न दिने व्यवस्था मिलाउन पनि आग्रह गरे । रविमाथि अन्तिम फैसला नभएको उल्लेख गर्दै भट्टराईले न्यायिक हिरासतमा राख्नुभन्दा जनप्रतिनिधि कतै भागेर नजाने भन्दै बाहिर बसेर मुद्दा लड्न पाउनु पर्ने बताए ।