गोली लागेपछि आफै अटो चलाएर चौकी पुगे युवा

एजेन्सी । भारतको भवनपुर प्रहरी चौकी क्षेत्रको अब्दुल्लापुर गाउँका ४० वर्षीय सादिक जेल चुंगीबाट आफ्नो गाउँ जाने अटो चलाउँछन्।
मंगलबार राति उनी जेल चुंगीबाट किला रोडमा रहेको गाउँ नङ्गलाशाहुमा केही यात्रुहरूलाई छोड्न गएका थिए।
त्यहाँबाट फर्कने क्रममा, जब उनी रुक्खनपुर भट्टा गाउँको अगाडि पुगे, चार–पाँच जना अपराधीहरूले उनलाई कुटपिट गरे र दुव्र्यवहार गरे।
काँधमा गोली लागेपछि उनी घाइते भए। अपराधीहरू भागे। रगतले लतपतिएका सादिकले आफैंले अटो चलाएर भवनपुर प्रहरी चौकी पुगेको थिए। प्रहरी चौकीका प्रमुख कुलदीप सिंहले घाइतेलाई जिल्ला अस्पतालमा भर्ना गरिएको बताए। अपराधीहरूको खोजी भइरहेको छ ।