२० श्रावण २०८२, सोमबार | August 4, 2025

प्रधानमन्त्री ओलीको जम्बो टोलीमा को को छन् ?


249
Shares

साउन,१९ काठमाडौं । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान प्रस्थान गरेका छन् ।

ओली आइतबार मध्यराति फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान प्रस्थान गरेका हुन् ।

नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुँदैछ ।

प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमाले सांसद सूर्य थापा, प्रधानमन्त्रीका प्रमुुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा। डा। दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीसमेत छन् ।

प्रतिक्रिया