बाग्मतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

काठमाडौं,१८ साउन । आफ्नै पार्टीको दबाबपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेस बाग्मती प्रदेशका पूर्व सभापति समेत रहेका लामाले ९ साउन २०८१ मा मुख्यमन्त्रीमा सपथ लिएका थिए । लामाले १ वर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज आइतबार पदबाट राजीनामा दिएका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको बताए । उनले आफू इमान्दरपूर्वक काम गरेको बताउँदै आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको बताए ।