१८ श्रावण २०८२, शनिबार | August 2, 2025

ट्रम्पले आणविक अस्त्र तयारी अवस्थामा राखेसँगै अमेरिका-रुसबीच विनाशकारी युद्धको खतरा


83
Shares

एजेन्सी, १७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग आणविक युद्धको तयारी गरेका छन् । उनले अमेरिका रुससँग आणविक युद्धका लागि पूर्ण तयारीमा रहेको अभिव्यक्ति दिइसके ।
रुसी पूर्वराष्ट्रपति डिमिट्रि मेडभेडेभको चेतावनीपछि ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो । रुसी समुन्द्र नजिक पानी मुनी चल्ने आणविक युद्धपोत नै तैनाथ गराएका छन् ।

अमेरिका र रुसबीच तनाव बढेपछि सँसारभर चासो छ । यी दुई देश सँसारकै बढी आणविक हतियार भएका देश हुन् । यी दुईबीच आणविक युद्धको खतरा त छ तर प्रयोगको सम्भावना कम छ ।

विश्वमा ठूलो क्षति पुर्याउने क्षमताका आणविक अस्त्र अमेरिका र रुससँग मात्र छ । अन्य देशसँग पनि आणविक अस्त्र भएपनि यी दुई देशको क्षमता बराबर छैन । तर, यी दुईबीच आणविक युद्ध भइहाल्ने सम्भावना कम छ । यदि भइहालेमा पृथ्वीमा मानव जातिकै विनाश हुनसक्ने अवस्था आउनसक्छ ।

प्रतिक्रिया