एनआइएमबी बैंकबिरुद्धको आन्दोलनमा मोसफलका इन्जिनियरिङ्ग संघसंस्थाहरुको समर्थन

काठमाडौं,१४ साउन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) विरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल भ्यालुयर्स एशोसियसन (एनभिए) लाई देशभरका इन्जिनियरिङ्ग संघसंस्थाहरुले समर्थन गरेका छन् ।
बिहीबार संयुक्त विज्ञप्ती जारी गर्दै थप १६ इन्जिनियरिङ पेशासँग सम्बन्धित संघसंस्थाका अध्यक्षहरुले मुल्यांकन पेशामा देखिएका विद्यमान चुनौती तथा समस्या समाधानका लागि विभिन्न जायज मागहरु राखेर एनभिएले साउन १२ गतेदेखि सुरु गरेको चरणबद्ध आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गरेका हुन् ।
एनभिएको आन्दोलनप्रति पुर्णरुपमा ऐक्यवद्धता जनाउदै गण्डकी प्रदेशका ८ इन्जिनियरिङ्ग संघ संस्थाहरुले जारी गरेको संयुक्त विज्ञप्तीमा नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेशका अध्यक्ष ई.सन्तोष जि.सी., सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियररिङ्ग फर्म गण्डकी प्रदेशका अध्यक्ष ई.राजेन्द्र लिगल, सोसाइटी अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सीस पोखराका सचिव ई. धर्मराज अधिकारी, सोसाइटी अफ नेप्लीज आर्किटेक्ट गण्डकी प्रदेशका अध्यक्ष आ.बाबुराम बराल, सेन्टर फर डेमोक्रेटिक नेपाल गण्डकी प्रदेशका अध्यक्ष ई.बृजेन्द्र के.सी., प्रोगेसिभ इन्जिनियर्स एशोसिएसन नेपाल गण्डकी प्रदेशका अध्यक्ष ई. बिमल आचार्य, नेपाल राष्ट्रिय इन्जिनियर संगठनका अध्यक्ष ई. अनिस कुमार ढकाल, समाजवादी इन्जिनियरिङ्ग एशोसिएसन नेपाल गण्डकी प्रदेशका अध्यक्ष ई. दिपक आचार्य, नेपाल भ्यालुयर्स एशोसिएसन गण्डकी प्रदेशका अध्यक्ष ई. सुरेन्द्र बहादुर गोदारले हस्ताक्षर गरेका छन् ।
त्यसैगरी, सुदुरपश्चिम प्रदेशका ४ इन्जिनियरिङ्ग संघसंस्थाहरुले पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल भ्यालुयर्स एशोसियसनलाई समर्थन गरेका छन् ।
संयुक्त विज्ञप्तीमा नेपाल इन्जिनियर्स एशोसिएसन सुदुरपश्चिम प्रदेशका सभापति ई. नबिनराज जोशी, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल सुदुरपश्चिमका सभापति ई.हर्कबहादुर ऐर, प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन नेपाल सुदुर पश्चिमका सभापति ई. चुडामणि कलौनी र नेपाल भ्यालुयर्स एशोसिएसन सुदुरपश्चिमका अध्यक्ष ई. बिपिन बिष्टले हस्ताक्षर गरेका छन् ।
यस्तै, रिपब्लिक इन्जिनियर्स एशोसिएसन नेपालका अध्यक्ष ई.सुरेश कुमार चौधरीले पनि एनआइएमबी बैंक बिरुद्धको एनभिएको आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्दै विज्ञप्ती जारी गरेका छन् । एनआइएमबी बैंक बिरुद्धको आन्दोलनप्रति नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल पर्साले पनि ऐक्यवद्धता जनाएको छ । आन्दोलनलाई समर्थन गर्दै जारी विज्ञप्तीमा केन्द्रीय अध्यक्ष ई. प्रमोद यादव र महासचिव ई. तपेश्वर यादवले हस्ताक्षर गरेका छन् ।
त्यसैगरी, नेपाल इन्जिनियर्स एशोसिएसन बाग्मती प्रदेशले पनि प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनप्रति समर्थन जनाएको छ । विज्ञप्तीमा सभापति ई. बलराम पुडासैनीले हस्ताक्षर गरेका छन् । देशमा आर्थिक कारोबार घटेको र घरजग्गा व्यवसाय खस्केको समयमा सम्बन्धित निकायसँग समन्वय गर्नुपर्नेमा बैंकहरुले मनोमानी गर्दै मुल्यांकनकर्ताहरुलाई दोष लगाएको जारी विज्ञप्तीमा उल्लेख छ ।
यस्तै, नेपाल इन्जिनियर्स एशोसिएसन सुदुरपश्चिम प्रदेशले पनि आन्दोलन प्रति ऐक्यवद्धता जाहेर गर्दै विज्ञप्ती जारी गरेको छ । सचिव ई.सरोज देउवाले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।
एनआइएमबी बैंकविरुद्धको आन्दोलनप्रति नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशले पनि समर्थन जनाएको छ । एक विज्ञप्ती जारी गर्दै एशोसिएसनका सभापति ई. महेश्वर लम्सालले एनभिएले उठाएको मागहरु समय सापेक्ष, तार्किक र यथोचित रहेको भन्दै ऐक्यबद्धता जाहेर गरेका छन् ।
यसैगरी, नेप्लिज सोसाइटी अफ एग्रिकल्चरर्स इन्जिनियर्स ललितपुरका सभापति ई.डा.जीतबहादुर चन्दले पनि आन्दोलनलाई समर्थन गर्दै प्रेश विज्ञप्ती जारी गरेका छन् ।
मंगलबार करिब १८ भन्दा बढी इन्जिनियरिङ्ग संघसंस्थाहरुले आन्दोलनको समर्थन गर्दै संयुक्त विज्ञप्ती जारी गरेका थिए । गत साउन १२ गते सोमबारदेखि मुल्यांकनसम्बन्धि सम्पुर्ण कार्य देशभर ठप्प पारेर सम्पत्ति मुल्यांकनकर्ता इन्जिनियरहरु आन्दोलनमा उत्रिएका हुन् ।