१६ श्रावण २०८२, बिहिबार | July 31, 2025

प्रिय बुवा


18.5k
Shares

प्रिय बुवा
प्रिय बुवा, हजुरका ती पाइलाहरू,
धूलोमा भए पनि अमूल्य थिए,
त्यागले कोरिएका खुट्टाहरु,
चर्चर फुटेपनी बहुमुल्य थिए ।
कर्तव्यले रोपेका आशाहरु,
झुपडीमा भएपनी स्वर्गतुल्य थिए ।
हजुर नै हुनुहुन्थ्यो हाम्रो लागि,
नियम भन्दा गहिरो दर्शन,
शब्दभण्डार भन्दा ठूलो पुस्तक,
समाज अनि परिवार प्रतिको समर्पण ।
आज,
दिन बद्लियो, समय निस्ठुरी बन्यो,
पाईलाहरु चल्न खोज्छ्न रोकिन्छ्न ।
मुटु भक्कनिन्छ अनि आँखा रसाउछ्न,
बिचबाटोमा पाईलाहरु ठोकिन्छ्न ।
कोहि सोध्न खोज्छ्न प्रश्नहरु,
शब्दहरू अलमलिन्छन, वाक्यहरु रोकिन्छ्न ।
दिनहरु कति शून्य छन अनि मौन,
नियति र सत्यता स्विकार्नुनै पर्ने जीवन ।
मौनता भन्छ , म सहन्छु,
आँशु भन्छ, म थामिन्छु,
जब, पीडा यति गहिरो हुन्छ नि,
एउटा भित्र बोल्छ, अर्को बाहिर बग्छ ।
जब पाइलाहरू थाक्छन,
हजुर सम्झन्छु र फेरि उभिन्छु ।
म रोएको हैन, यी आँखा त गर्वले रसाएका हुन,
हजुरले दिएका शुभाषिश मार्गहरु पछ्याएका हुन।
किनकी ,
म हजुरको सन्तान हुँ हजुर मेरो आदर्श
मेरो जिवनको शाश्वत दिप अनि निराकर्ष ।
मनोज शर्मा गौतम

प्रतिक्रिया