२७ भाद्र २०८२, शुक्रबार | September 13, 2025

मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी,बागमतीमा दिए ४ मन्त्रीले राजीनामा


166
Shares

काठमाडौं, ९ साउन । बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् ।

प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता हुने स्रोतले जनाएको छ । जसको ड्राफ्ट तयार भइसकेको छ ।

मुख्यमन्त्री लामालाई पदबाट राजीनामा दिन सभापति शेरबहादुर देउवाले केही समयदेखि नै आग्रह गरे पनि लामाले अस्वीकार गर्दै आएका थिए। गत बुधबार पनि मुख्यमन्त्री लामालाई बोलाएर सभापति देउवाले राजीनामा दिन सुझाव दिएका थिए ।

लामामाथि आधा-आधा कार्यकाल मुख्यमन्त्री बन्ने भन्ने पूर्वसहमति तोडेर सम्पर्कविहीन भएको आरोप लागेको छ।

प्रतिक्रिया