११ श्रावण २०८२, शनिबार | July 26, 2025

मुल्यांङकनकर्ता ईन्जिनियरहरूको क्षमता अभिबृद्धि गर्न ३ दिने तालिम सुरु


6.6k
Shares

काठमाडौं,९ पुस । सम्पत्ति मुल्यांकनकर्ता व्यवसायिक इन्जिनियरहरुको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)ले मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको क्षमता अभिबृद्धिको लागी २९ औं तालिमको आयोजना गरेको छ । शुक्रबारदेखि सुरु भएको उक्त तालिम (साउन ९–११) आइतबार समापन हुनेछ ।

नेपाल ईन्जिनियर्स एशोसिएसन (एनइए) का अध्यक्ष ई.सुवासचन्द्र बरालको प्रमुख आतिथ्यमा र एनभिएका अध्यक्ष ई.सञ्जय कुमार महतोको सभापतित्वमा शुक्रबारदेखि तीन दिने Fixed Assets Valuation Training राजधानीमा सुरु भएको हो ।

एनभिएले आयोजना गरेको २९ औं तालिमको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ई. महतोले तालिमले मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको क्षमता अभिबृद्धि हुनेमा विश्वस्त रहेको बताए ।

त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि  एवं नेपाल ईन्जिनियर्स एशोसिएसन (एनइए) का अध्यक्ष ई.सुवासचन्द्र बरालले एनभिएलाई सहयोग गर्न एशोसिएसन सधै तत्पर रहेको बताउनुु भयो ।

 

एनभिएका उपाध्यक्ष ई.दिनेश कुमार पाठक र ई.शुसिल कुमार अमात्य कार्यक्रमको प्रमुख प्रशिक्षक हुन भने एनभिएका उपाध्यक्ष एवं तालिम,प्रकाशन र अन्तर्राष्ट्रिय विभाग प्रमुख ई.पाठकले कार्यक्रमको संयोजन समेत गरेका छन् ।

चल अचल सम्पत्ति मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा ४६ जना इन्जिनियरहरु सहभागी रहेको एनभिएका सचिव ई.रबिन्द्र अधिकारीले जानकारी दिए । कार्यक्रममा अधिकारीले तालिमको उद्देश्यबारे स्पष्ट पारेका थिए ।

तालिमको पहिलो दिन आज शुक्रबार एनभिएका पदाधिकारी र प्रशिक्षकले इन्जिनियरहरुसँग आवश्यक ज्ञान,सिप अनुभव लगायतका विषयहरुमा छलफल सुरु गरेका छन् ।

भ्यालुयर्स इन्जिनियरहरुको क्षमता अभिवृद्धि गर्न तालिम सुरु

 

 

प्रतिक्रिया