१० श्रावण २०८२, शुक्रबार | July 25, 2025

वडाध्यक्ष सुमन श्रेष्ठले पाएको पुरस्कार मन्दिरलाई सहयोग


81.8k
Shares

काठमाडौं, ७ साउन । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष सुमन श्रेष्ठले पाएको पुरस्कार मन्दिरलाई सहयोग गरेका छन् ।

काठमाडौं महानगरपालिकाको ३०औं महानगर दिवस र महानगर सभाको १६औं अधिवेशनको अवसरमा उत्कृष्ट वडाध्यक्ष घोषित भएर पाएको ‘स्थानीय सेवा गौरव पुरस्कार–२०८१’ लाई (१ लाख रुपैयाँ धनराशी) कलंकीस्थित श्री पञ्च मन्दिर संरक्षण तथा समाज सुधार संस्थालाई अक्षय कोषमा रहने गरी हस्तान्तरण गरेका हुन् ।

गत शनिबार (साउन ३ ) सो संस्थाको साधारण सभाको अवसरमा उक्त रकम श्रेष्ठले कार्यसमितिलाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले सम्मानले कामप्रति थर्प उर्जा थपेको महसुस गरेको बताए । उनले भने, “समाजसेवामा पाएको हौसला, प्रंशसा, पुरस्कार समाज, टोल र समग्र १४ वडाको लागि समर्पण गर्न चाहान्छु ।”

अध्यक्ष श्रेष्ठ विकास प्रेमी जनप्रतिनिधिका रुपमा पनि चिनिन्छन् । उनी प्रायःजसो बिहान बेलुकाको समयमा वडाबासीको घरदैलोमा भेटिन्छन् । श्रेष्ठ आफ्नो भन्दा जनताको समस्याले पिरोल्ने बताउछन् । जनजनको मनमा बस्न सफल उनी भद्र र सालिन स्वभावका छन् ।

उत्कृष्ट कार्य सम्पादन,विकास निर्माण र वडाको समग्र प्रगतिमा श्रेष्ठले पुराएको योगदानलाई कदर गर्दै महानगरपालिकाको तर्फबाट ‘स्थानीय सेवा गौरव पुरस्कार–२०८१’ पदक र नगद १ लाख रुपैयाँसहित मेयर बालेन्द्र साहले सम्मान गरेका थिए ।

वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा वडा नं १४ मा विकास निर्माणका महत्वपुर्ण परियोजनाहरु सम्पन्न भएका छन् । पूर्वाधार विकासलाई प्रमुख प्राथमिकता दिदैं आफ्ना वडाबासीको सहजताको लागि टोल र गल्ली गल्लीमा समेत ढलानको काम धेरै स्थानमा सम्पन्न भएका छन् ।

श्रेष्ठ निर्वाचित भएपछि युवा र महिलाहरु लक्षित विभिन्न सिपमुलक तालिमहरु पनि वडाले सञ्चालन गर्दै आएको छ । बिभिन्न क्लबहरुलाई वाद्यवादनका सामाग्री, मन्दिरलाई आवश्यक सामाग्री हस्तान्तरण,स्वास्थ्य र उद्योग सम्बन्धि तालिम, विभिन्न सचेतना तालिम लगायत थुप्रै कार्यहरु वडाले सम्पन्न गरेको छ ।

उनको नेतृत्वमा पूर्वाधार सुधार,सामाजिक सेवा पहँच बृद्धि र समग्र वडाबासीको जीवनस्तर उकास्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् ।

वडाले गत वर्ष पनि करिब २ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई विभिन्न धार्मिक स्थलहरुको स्थलगत अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको थियो । भ्रमणमा उपस्थित ज्येष्ठ नागरिकहरुलाई प्रमाणपत्र र दोसल्लाले सम्मानित गरिएको थियो ।

त्यसैगरी, एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र साहित्कारलाई एक कार्यक्रमका बीच स्रष्टा सम्मान कार्यक्रम पनि भव्य रुपमा सम्पन्न गरेको थियो । साथै वडाबासीलाई कर सचेतना कार्यक्रमको समेत आयोजना गरेर समयकै कर तिर्न पनि हौसला दिएको थियो ।

प्रतिक्रिया