१० श्रावण २०८२, शुक्रबार | July 25, 2025

‘विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन’


83
Shares

काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी हुनुुहुन्थ्यो भन्दै समाज बदल्ने सपना बोकेकाहरुले उहाँका विचारलाई अनुशरण गर्नुपर्नेमा जोड दिनुुभएको छ ।

नेकपा ९एमाले० को केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित ४७ औँ पुुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुुनो सोझ्याउने काम पुुष्पलालले कहिल्यै नगरेको स्पष्ट गर्नुभयो ।

“पुुष्पलाल आदर्शप्रति सँधै दृढ रहनुुभयो । उहाँका केही सीमाहरु थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुुहुुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुुहुुन्थ्यो ।’’, अध्यक्ष ओलीले भन्नुुभयो, “जात र धर्मबाट उहाँ माथि हुनुुहुुन्थ्यो । आफ्नो धरमा श्रेष्ठ लेख्नुुभएन । नेपालमा कम्युुनिष्टहरुको संगठनलाई गतिशीलरुपमा हाँक्न सक्ने नेता हुुनुुहुुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुुहुुन्थ्यो । उहाँकै लिगेसी बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरुलाई बिर्सन मिल्दैन ।’’

विसं १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्लमाक्र्स र फे्रडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । उहाँकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उहाँको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

प्रतिक्रिया