१ श्रावण २०८२, बुधबार | July 17, 2025

आक्रमण गर्नेलाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले क्षमा दिएपछि…


498
Shares

काठमाडौं, ३२ असार । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि आक्रमण गर्नेहरुलाई क्षमा दिएका छन् । उनले सहकारी पीडितहरुको पक्षमा बहस गरेपछि अदालतको गेटमा बसेर आक्रमण गर्नेहरुलाई विज्ञप्तिमार्फत् नै क्षमा दिएका छन् ।

त्रिपाठीले क्षमा दिएर आक्रमणकारीहरुमाथि चलिरहेको बहसमा सहभागी भएनन् । योसँगै घटनामा संलग्न ४ जना प्रतिवादीहरु काठमाडौं जिल्ला अदालतबाट सफाई पाउन सफल भएका छन् ।

त्रिपाठीले विज्ञप्तिमा आफूमाथि सांघातिक आक्रमण गर्ने प्रतिवादीहरु अरुबाट सञ्चालित र परिचालित पात्र भएकाले उनीहरुलाई क्षमा दिएको उल्लेख गरेका छन् । आफ्नो विवेक शक्तिले नभई दिग्भ्रमित भएर नागरिक कर्तव्य समेत बिर्सिएर आक्रमणमा संलग्न भएको बताएका छन् ।

रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोमा अदालतमा मुद्दा चलिरहँदा त्रिपाठी सहकारी पीडितको पक्षमा बहसमा सहभागी भएका थिए । बहस गरेर अदालतबाट बाहिर निस्कदै गर्दा गेटमै आक्रमण भएको थियो । यो घटनाको सर्वत्र निन्दा भएको थियो । घटनामा संलग्न चारजना पक्राउ परेका थिए । त्रिपाठीले उनीहरुलाई क्षमा दिएर सफाई पाउने अवस्था बनाइदिए ।

प्रतिक्रिया