६ श्रावण २०८२, सोमबार | July 22, 2025

कुलिङ पिरियड भन्दै जनतालाई यसरी झुक्याइयो


664
Shares

काठमाडौं, १६ असार । देशमा जनतालाई नेताहरुले झुक्याएकै हुन् । अब त कर्मचारीले पनि झुक्याउन थालेका छन् । कुलिङ पिरियड राख्ने गरी निजामती सेवा विधेयक पारित भएको हल्ला पिटियो । तर, कुलिङ पिरियड मुख्यसचिव, सचिव र उपसचिवका लागि नभई तल्ला तहका कर्मचारीका लागि मात्र राखिएको खुलेको छ ।

विधेयकमा निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानि वा सरकारी पदमा नियुक्ति पाउने छैन भनिएको छ । तर, अर्को दफामा सहसचिव भन्दा माथिले संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेकको पदमा नियुक्ति लिन नहुने प्रावधान राखिएको छ । यसको अर्थ उनीहरुले संवैधानिक वा कूटनीतिक नियुक्ति लिन मिल्ने हो ।

अर्को उपदफामा अन्तरसरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदार बाहेकका निकायबाट सञ्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताको रुपमा कार्य गर्न नपाउने भनिएको छ । यसको अर्थ उल्लेखित निकायमा कार्य गर्न पाउने भनिएको हो ।

प्रतिक्रिया