१५ असार २०८२, आइतबार | June 29, 2025

काठमाडौं–१४ द्धारा विद्यार्थी तथा स्रष्टालाई सम्मान


2.2k
Shares

काठमाडौँ,१५ असार । काठमाडौँ महानगरपालिका वडा नं. १४ ले विद्यार्थी तथा स्रष्टालाई सम्मान गरेको छ । शनिबार आयोजित कार्यक्रममा वडाका साहित्यिक स्रष्टा र वडाभित्रका सामुदायिक विद्यालयबाट गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई सम्मान गरेको हो ।

विद्यार्थी तथा स्रष्टा सम्मान कार्यक्रममा प्रमुख अतिथि समाजसेवी जयकृष्ष्ण महर्जनले शिक्षा, साहित्य तथा संस्कृतिको क्षेत्रमा उच्च योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्ने परिपाटीको विकास गर्नुपर्ने बताउँदै वडा नं. १४ ले यसको थालनी गरेकोमा प्रशंसा गरे ।

त्यसैगरी, वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठले आफ्नो वडाभित्रका प्रतिभाको पहिचान गरेर सम्मान गर्नु पनि वडाको विकास भएको बताए ।

कार्यक्रममा स्रष्टातर्फ साहित्यकार तथा त्रिभुवन विश्वविद्यालयका प्राडा मोहनप्रसाद तिमल्सिनालाई सम्मान गरिएको थियो । गत वर्षको माध्यमिक शिक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण भएका वडाभित्रका सामुदायिक विद्यालयका १४ जना छात्र तथा छात्रालाइ पनि पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया