१३ असार २०८२, शुक्रबार | June 28, 2025

पश्चिम खड्कागाउँ क्षेत्रसम्मका ज्येष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण तथा सम्मान


166
Shares

काठमाडौं,१३ असार । काठमाडौं महानगरपालिका वडा नं.१४ ले दोस्रो चरणमा ज्येष्ठ नागरिकहरुलाई वडास्तरीय धार्मिक भ्रमण तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । यस अघि गत असार ७ गते पनि वडाले ज्येष्ठ नागरिकहरुलाई कार्यविनायक,जलविनायक लगायतका धार्मिक स्थलहरुको १ दिने भ्रमण गराएको थियो ।

वडाको सहयोगमा शुक्रबार गुणकेशरी युवा क्लवको आयोजनामा कलंकीचोक पश्चिम खड्कागाउँ क्षेत्रसम्म बसोबास गर्ने ज्येष्ठ नागरिकहरुलाई डोलेश्वर (केदारनाथधाम), बनेपाको चण्डेश्वरी माई, पनौतीको धनेश्वरी र काभ्रेपलान्चोकको भगवती मन्दिरको दर्शन गराइएको वडा सदस्य अनिता नेपालीले जानकारी दिइन् ।

भ्रमणमा सहभागी ज्येष्ठ नागरिकहरुलाई प्रमाणपत्र र दोसल्ला ओढाएर वडाध्यक्ष सुमन श्रेष्ठले सम्मान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न पाँउदा आफू निकै गौरवान्वित भएको बताए ।

सो कार्यक्रममा वडा भित्रका १ सय ४० जना ज्येष्ठ नागरिकहरु सहभागी थिए । उक्त भ्रमण कार्यक्रममा वडाध्यक्ष श्रेष्ठ, वडा सदस्यहरु शोभा खड्का कार्की,अनिता नेपाली,नविन नकर्र्मीसहित गुणकेशरी युवा क्लबका सदस्यहरुको सहभागिता थियो ।

वडाले आर्थिक वर्ष २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रम अनुसार विनीयोजन गरिएको बजेटबाट जेष्ठ नागरिकहरुलाई धार्मिक तीर्थाटनमा सहभागी गराएको हो ।

प्रतिक्रिया