१९ बैशाख २०८३, शनिबार | May 2, 2026

अमेरिकाको ‘पाकिस्तान कार्ड’ को तरंग


2.3k
Shares

डा. दीपेश केसीः जब छिमेकी इरानमाथि अमेरिकी आक्रमण हुँदै थियो तब पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबल शान्ति पुरस्कारका लागि सिफारिश नै ग¥यो । यो घटना अघि पाकिस्तानी सेना प्रमुख असिम मुनिरले ह्वाइट हाउसमा ट्रम्पसँग लन्च भेटको अवसर पाए त्यो पनि एक घन्टाका लागि तय गरिएको समयभन्दा दोब्बर दुई घन्टा । पाकिस्तानी रक्षामन्त्री खवाजा असिफले इरानमाथि इजरायलको हमलापछि मुसलमान देशहरुलाई एक हुन गरेको आव्हानलगत्तै मुनिरलाई ह्वाइट हाउसमा बोलावट भएको थियो । यो यस्तो मौका थियो कि पाकिस्तानी सेनाले इरान मामलालाई आफ्नो लाभको रणनीतिमा ढालिहाल्यो ।

इरानमा अमेरिकाबाट इस्लामिक सत्ता पल्टाउने गरी भइरहेको हमलामा पाकिस्तानले आफ्ना लागि उत्तम अवसर देख्यो । अमेरिकाले पनि पाकिस्तानलाई साथमा लिएर इरानलाई थप दबाब दिन थाल्यो । इरानमाथि अमेरिकाले खतरनाक बम हमला ग¥यो । पाकिस्तानले इरानसँगको साझा धर्म, चीनले खन्याएको अरबौं डलरको लगानी देखि मुस्लिम देशको एकताको मुद्दा सबै बिर्सिएर मौकाको फाइदा उठाउने रणनीति बनायो । मुनिरको अमेरिका भ्रमण, त्यसपछि पाकिस्तानको ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने औपचारिक प्रस्ताव देखि पहलगाम हमलाको बदलामा आतंकवादविरुद्धको अपरेशन सिन्दूरपछि विकसित घटनामा भारतलाई गलत सावित गर्न ट्रम्पले मध्यस्थकर्ता गरेको भनिनुमा रणनीतिक स्वार्थ देखियो ।

यसै पनि पाकिस्तान अमेरिकासँग विशेष सम्बन्ध राख्दै आएको छ । उसले कहिले तत्कालीन सोभियत संघविरुद्ध अमेरिकालाई साथ दिएर सैन्य लाभ लियो त कहिले अल कायदाविरुद्धको लडाईँमा अमेरिकालाई साथ दिएर अरबौं डलरको लाभ लियो । पाकिस्तानले विगतमा अमेरिका र बेलायतको स्वार्थका लागि आतंकवादीलाई विगतमा प्रश्रय र आश्रय दिएको विषय पाकिस्तानी रक्षामन्त्री खवाजा असिफले स्काई न्युजलाई दिएको अन्तवार्तामा भनेको भिडियो भाइरल छ । अल कायदा नेता ओसामा विन लादेनलाई पाकिस्तानको अवोटावादमा लुकाएर लिएको लाभ अमेरिकाले गरेको सैन्य कारबाहीबाट छताछुल्ल भयो । लादेन पाकिस्तानमा मारिएका थिए सन् २०११ मा अपरेशन नेप्टुन स्पेयरमार्फत् । चीनसँग सैन्य सम्बन्ध बढाएर भरपूर लाभ लिन सक्यो सेना हावी रहने गरेको पाकिस्तानी सत्ताले । चीनको अरबौं डलर लगानी गराएन मात्र भारी मात्रामा हतियार आयात ग¥यो । आर्थिक संकटमा फस्दै गएको पाकिस्तानले अरब देशहरुबाट साथ पाइरह्यो । अर्कोतर्फ, चिनियाँ कार्डको

प्रतिक्रिया