७ असार २०८२, शनिबार | June 21, 2025

काठमाडौं–१४ का ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमण तथा सम्मान


6.8k
Shares

काठमाडौं,७ असार । काठमाडौं महानगरपालिका वडा नं.१४ को आयोजनामा ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई वडास्तरीय धार्मिक भ्रमण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
वडाको सहयोगमा माउण्ट एभरेष्ट क्लबले शनिबार ज्येष्ठ नागरिकहरुलाई १ दिने धार्मिक भ्रमण तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।

सो कार्यक्रममा वडा भित्रका १ सय जना ज्येष्ठ नागरिकहरु सहभागी थिए । ज्येष्ठ नागरिकहरुलाई कार्यविनायक,जलविनायक लगायतका धार्मिक स्थलहरुको भ्रमण गराइएको थियो भने प्रमाणपत्र र दोसल्ला ओढाएर वडाले सम्मान गरेको थियो ।

वडाले आर्थिक वर्ष २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रम अनुसार विनीयोजन गरिएको बजेटबाट जेष्ठ नागरिकहरुलाई धार्मिक तीर्थाटनमा सहभागी गराएको हो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष सुमन श्रेष्ठले जेष्ठ नागरिक अनुभवको खानी र संघर्षको ज्यूदो नमुना भएको बताए । भावी पुस्तालाई सकरात्मक दिशातर्फ उत्प्रेरित गर्न महत्वपुर्ण योगदान दिनसक्ने व्यक्ति भएकोले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न पाँउदा आफू निकै गौरवान्वित भएको उनको भनाइ थियो ।

जेष्ठ नागरिक सम्मान कार्यक्रम वडाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि संचालन गरिएको र आगामी दिनमा पनि निरन्तर संचालन गरिने वडाध्यक्ष श्रेष्ठले स्पष्ट पारे । सो धार्मिक भ्रमणमा वडाध्यक्षसहित वडा सदस्य अनिता नेपाली,शोभा खड्का कार्की,नविन नकर्र्मीसहित क्लबका सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया