१६ अर्ब पासवर्ड लिकमा तपाईको पनि पर्यो ?

एजेन्सी, ६ असार । फेसबुक, इन्स्टाग्राम, जिमेललगायत सामाजिक सञ्जालका एकाउन्टहरु गरी १६ अर्ब पासवर्ड लिक भएको छ । यो घटनाले विश्वभर चासो र चर्चा कमाएको छ ।
सुरक्षासम्बन्धी अध्ययनकर्ताहरुले डाटा चोरीका क्रममा १६ अर्ब लगइन पेजहरुको पासवर्ड लिक भएको जनाएका छन् । सामाजिक सञ्जालहरु फेसबुक, इन्स्टाग्राम, जिमेल, एप्पललगायतका कैयन एकाउन्टहरुको पासवर्ड चोरी भएको पत्ता लागेको हो । सन् २०२५ को जनवरी देखिका पासवर्ड लिकबारे अध्ययन गर्दा इतिहासकै ठूलो लिक भएको उल्लेख छ ।
व्यक्तिगत एकाउन्टहरु चोरीको विषयलाई गम्भीर मादिएको छ । यसले कतिपय सामाजिक सञ्जालहरुको विश्वसनीयतामाथि नै प्रश्न उठ्न सक्छ ।