४ असार २०८२, बुधबार | June 18, 2025

काठमाडौं–१४ को फोटो तथा भिडियोग्राफी तालिम सुरु


5.1k
Shares

काठमाडौं,४ बुधबार । काठमाडौं महानगरपालिका १४ नं. वडाको आयोजनामा पाँच दिने भिडियोग्राफी तथा फोटोग्राफी तालिम सुरु भएको छ । बुधबार कलंकीस्थित जनपथ माध्यमिक विद्यालयको सभा हलमा एक कार्यक्रममका बीच तालिमको उद्घाटन गरिएको हो ।

१४ नं. वडाले आफ्नो वडाका युवा वर्गलाई लक्षित गरेर सो तालिमको आयोजना गरेको जनाएको छ । वडाले भिडियो सम्पादन तालिम पनि केही दिनदेखि सुरु गर्दैछ ।

तालिमको पहिलो दिन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष सुमन श्रेष्ठले युवाहरुले वडामात्र नभइ देशको विकासमा महत्वपुर्ण भुमिका खेल्न सक्ने धारणा राखे । वडाको विकासका लागि युवाहरुको सल्लाह/सुझावले महत्वपुर्ण अर्थ राख्ने भन्दै श्रेष्ठले प्रविधिमा दक्षता हासिल गर्न पनि सल्लाह दिए ।

अहिलेको समय डिजिटल युग भएको स्मरण गराउँदै वडाध्यक्ष श्रेष्ठले इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगबाट पनि जिविकोपार्जन गर्न सक्ने बताए । सामाजिक सञ्जालको सहि सदुपयोग गरे हाम्रो उत्पादन विश्व बजारमा बिक्रि गर्न सकिने उनको भनाइ थियो । विश्व बजारमा बिक्रि गर्न सक्ने दक्षता सबैमा हुनुपर्नेमा श्रेष्ठले जोड दिए ।

भिडियोग्राफी/फोटोग्राफी तालिममा ३० जना युवाहरु सहभागी छन् भने निकै दक्ष तथा अनुभवी प्रशिक्षक शिव गिरीले सहभागीहरुलाई प्रशिक्षण दिएका छन् ।

उद्घाटन कार्यक्रममा वडा सदस्यहरु अच्युत सापकोटा,अनिता नेपाली, समाजसेवी विनोद डंगोल,प्रशिक्षक मनोजराज भण्डारी लगायतको सहभागिता रहेको थियो । सबैले ५ दिने तालिमको सफलताको शुभकामना दिएका थिए ।

 

प्रतिक्रिया