३१ जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

नवनियुक्त गर्भनर डा.पौडेललाई एनभिए र एनइएद्धारा बधाई तथा शुभकामना


4.6k
Shares

काठमाडौं,२९ जेठ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर डा.विश्वनाथ पौडेललाई नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए) र नेपाल इन्जिनियर्स एशोसिएसन (एनइए) का पदाधिकारीले बधाई तथा शुभकामना दिएका छन् ।

बिहीबार गर्भनरको कार्यकक्षमा भएको भेटमा सम्पत्ति मूल्याङ्कनकर्ता इन्जिनियरहरूका विद्यमान समस्याबारे डा.पौडेललाई जानकारी गराएको एनभिएका सचिव ई. रबिन्द्र अधिकारीले बताए । उक्त भेटमा समाधानका विषयमा पनि सकारात्मक छलफल भएको छ ।

सो कार्यक्रममा मुल्यांकनकर्ता इन्जिनियरहरुको छाता संगठन एनभिएको तर्फबाट अध्यक्ष ई.सन्जय महतो र सचिव ई.रबिन्द्र अधिकारी थिए भने इन्जिनियरहरुको छाता संगठन एनइएको तर्फबाट महासचिव ई.बिनोद प्रकाश पण्डित थिए । उनीहरुले गर्भनर पौडेललाई राष्ट्र बैंकले गत पुसमा ल्याएको निर्देशिकालाई यथासक्य चाडों कार्यान्वयनमा ल्याउन पनि सुझाव दिएका थिए । पौडेल गत जेठ ७ गते अठारौं गर्भनरको रुपमा नियुक्त भएका थिए ।

प्रतिक्रिया