३० जेष्ठ २०८२, बिहिबार | June 12, 2025

इरभिन र डुआना बने नेपालको नम्बर वान पौडीवाज


664
Shares

काठमाडौं, २८ जेठ । इरभिन श्रेष्ठ पुरुषतर्फ नेपालको पहिलो नम्बरको पौडीवाज बनेका छन् । नेपाल पौडी संघले सार्वजनिक गरेको नयाँ वरियतामा इरभिन ६१८ फिना अंकसहित पहिलो नम्बरमा परेका छन् ।

महिलातर्फ डुआना लामा ५५४ फिना अंकसहित पहिलो वरियताकी पौडीवाज बनेकी छिन् । नेपाल पौडी संघले २४ र २५ जेठमा आयोजना गरेको दोस्रो नेपाल एक्वेटिक्स च्याम्पियनशिपबाट खेलाडीहरुको प्रदर्शनबाट वरियता निर्धारण गरिएको हो ।

पुरुषतर्फ अजल काजी ताम्राकार ६०२ अंकसहित दोस्रो वरियतामा परेका छन् । अनुभव सुब्बा ५९८ अंकसहित तेस्रो, अल्भिन महर्जन ५९३ अंकसहित चौंथो र सेरेन सिंह ५८७ अंकसहित पाँचौ वरियतामा पर्न सफल भएका छन् ।

महिलातर्फ आर्या महर्जन ५०० अंकसहित दोस्रो र देवांशी जोशी ४९९ अंकसहित तेस्रो वरियतामा परेकी छिन् । ४९० अंकसहित अदिप्सा वैद्य चौंथो र ४७८ अंकसहित तीसा महर्जन पाँचौं वरियतामा परेकी छिन् ।

प्रतिक्रिया