‘सहरी मन्त्रालयबाट विनियोजित ३ करोड तरुण दलले हाम्रो लागि हो भन्न सक्नुपर्छ’

संजिब गुरुङ्ग । सहरी विकास मन्त्रालयबाट छुट्याइएको बजेट रु ३ करोड नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलको केन्द्रीय भवन निर्माणकै लागि हो ।
पुरानो एउटा इतिहास बोकेको गर्व गर्न लागेको युवाहरूको संगठन हो तरुण दल । आज देशमा भ्रष्टाचार मौलाउँदै गर्दा एकपछि अर्को भ्रष्टाचारका घटनाहरु सुनिदै गर्दा आज तरुणदलले युवाहरूको पहिचानको लागि युवाहरूको हक र हितको लागि एक ठाउँमा उभिने एउटा सामूहिक घर राज्यको ढुकुटीबाट निर्माण गर्दै गर्दा चौतर्फी रुपमा आलोचना हुनु स्वभाविक हो ।
किनभने गरिब निमुखा जनताबाट उठेको कर पार्टीको भातृ संगठनको भवन निर्माण गर्नु जायज पक्कै थिएन तर लुटतन्त्र मच्चाइरहेको देशमा युवाहरूको एउटा पहिचान युवाहरू अट्ने एउटा संगठनको एउटा भवन बन्नु एक उदाहरणीय काम पनि हो। त्यसैले अनावश्यक अतिरञ्जित नगरिकन यसलाई तरुण दलको अध्यक्षले पनि यो भवन युवाहरूको पहिचान युवाहरूको शान हो भन्न सक्नुपर्छ ।
युवाले आज एउटा कुरा गर्दै भोलि अर्को कुरा गर्दै एकपछि अर्को झुट बोल्दै कहिले पनि त्यो झुटलाई छेक्ने काम गर्नु हुँदैन । लुटेर खानु नै गलत थियो,आज हामी मागेर एउटा युवाको संगठनको लागि केही बनाउन खोज्नु त्यो गलत पक्कै छैन् त्यसैले आएको बजेट स्फुर्त ढंगले युवाहरूको शान हो भन्न सक्नुपर्छ। कार्यान्वयन गर्नुपर्छ ।
यहि नजिर बस्दै गयो भने राज्यको ढुकुटीबाट आज च्याउ उम्रेको जस्तै संगठन उम्रिएको देशमा च्याउसरी नै भातृ संगठनहरु छन सबैले नै यसरी खोज्दै जाला र राज्यको ढुकुटी सबै रितिदै जाला । यो पक्कै गलत हुनेछ तर युवाले जहिले सत्य बोल्न सक्नुपर्छ जहिले यथार्थसँग लड्न सक्नुपर्छ त्यो नै युवाको पहिचान हो। युवाले आफ्नो पहिचानको लागि आफ्नो हकको लागि लड्ने हो। समग्र देश र जनताको लागि लड्ने हो। काहीँ कतै कसैको लागि कसै भ्रष्टहरूको लागि लड्नुपर्ने अवस्था छैन। त्यसैले आज आएको रकम संगठनकै भवन निर्माणको लागि हो भनेर भन्दा आज लुटेर खाने देशमा पक्कै पनि एकदिन जनतामा चेतना आउनेछ र युवाहरूको हक र हितको लागि मागेको रहेछ भन्ने कुरा सबैले बुझ्ने छ । र,यसको विरोध हुने छैन। साँच्चिकै हामी डरायौ भने डगमगायौ भने तर्सियौ भने सबै यसैमा खनिनेछन् र युवाहरुको पहिचान मेटिनेछ ।
तरुण आफैमा एक विचार हो। शक्ति हो। हरेक परिस्थितिसँग लड्छ। हरेक परिस्थितिलाई बुझ्छ र बुझाउन पनि सक्नुपर्छ। भाग्ने होइन भाग्ने काम कायरले गर्छ। तरुण त्यो शक्ति हो कायरता कहिले पनि हुँदैन, त्यो इतिहास, त्यो त्याग, त्यो बलिदान, त्यो कर्मठ युवा योद्धाको पहिचान गर्व गर्न लायकको छ ।
आज त्यसलाई बचाउन सम्पूर्ण देशका तरुणहरु एक ठाउँमा उभिने बेला भएको छ । त्यसैले न कुरा ३ करोडको हो न कुरा भवन निर्माणको हो यहाँ त एकले अर्कालाई गिराउनुपर्छ भन्ने हो। तरुण गिर्नु हुन्न, तरुण लड्न हुन्न, तरुण गिर्यो भने तरुणको पहिचान मेटिन्छ सबै साथीभाईहरु देश तथा विदेशमा छरिएर रहेका युवा पिढीहरु सबै हामी तरुण हौँ।
हामीले आज राज्यको सम्पत्ति माग्यौ लुट्न गएनौँ। हामी त्यही घरभित्र बसेर देश र जनताको हक र हितको लागि लड्नेछौं। यदि लड्न सकेनौं भने त्यो ३ करोड हामी हाम्रो रगत पसिना बेचेर भएपनि फेरि जनतालाई फिर्ता गर्नेछौ भन्ने एउटा सोच तरुण अध्यक्षमा हुनुपर्छ । जनतामा यो सन्देश पुर्याउनुपर्छ हामीले विज्ञप्ति निकालेर जनता सामु झुट बोल्नु भन्दा सत्य बोल्नुपर्छ हो हामीले माग्यौ त्यही घरभित्र बसेर तपाईंहरूको हक र हितको लागि लड्नेछौँ। कुनै भ्रष्ट भ्रष्टाचारीहरूको विरुद्धमा हामी प्रोटेक्सन गर्ने छैनौँ। भनेर जनतालाई भन्नुपर्छ आज नेपाली जनता दिलदार छन्। दिलै भित्रबाट भन्ने छ यिनीहरुले गर्न खोजेको राम्रो हो। हामीले प्रण गर्नुपर्नेछ। हामी राम्रो गर्नेछौं। तरुण भ्रममा पर्ने छैन।
जननायक बीपी कोइरालाको त्यो शान त्यो इमान्दारिता त्यो प्रतिष्ठालाई सधैँ जोगाउनेछौं भन्ने प्रण हामीले गर्नुपर्नेछ जय होस् जय तरुण
गुरुङ्ग तरुणदल केन्द्रीय सदस्य हुन् ।