२९ जेष्ठ २०८२, बुधबार | June 11, 2025

नेपालमै खेलेर पौडीमा धमाधम राष्ट्रिय किर्तिमान


166
Shares

काठमाडौं, २७ जेठ । केही वर्ष अघिसम्म पौंडीमा विदेशमा तालिम लिएकाहरुको दबदबा थियो । अधिकांश विदेशमा प्रशिक्षण लिनेहरुले नै राष्ट्रिय किर्तिमान बनाउँथे । अब भने समय बदलियो । नेपालमै प्रशिक्षण लिएकाहरु धुरन्धर पौडीवाज बन्न थालेका छन् । उनीहरुले विगतमा विदेशमा प्रशिक्षण लिएर बनाइएका राष्ट्रिय किर्तिमान बनाएका छन् ।

नेपाल पौडी संघले २४ र २५ जेठमा आयोजना गरेको नेपाल एक्वेटिक च्याम्पियनशिपमा नयाँ किर्तिमानहरु बनेका छन् । ५० र १०० मिटर बटरफ्लाईमा पुरुषतर्फ अनुभव सुब्बाले नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन् । सुब्बा नेपालमै प्रशिक्षण लिइरहेका छन् । उनी वाङ्देन लामा र मेघ लामासँग प्रशिक्षण लिन्छन् । उनीहरुसँगै प्रशिक्षण लिने अजलकाजी ताम्राकारले पनि राष्ट्रिय किर्तिमान बनाएका थिए । योपटक ताम्राकारले आफ्नो अघिल्लो किर्तिमान तोडेर नयाँ राष्ट्रिय किर्तिमान बनाएका थिए ।

२०० मिटर बटरफ्लाईमा देव्यांशी जोशीले राष्ट्रिय किर्तिमान बनाइन् । ११ वर्षमै किर्तिमान बनाएकी जोशीले वाङ्देन लामा, मेघ लामा र जेनिफर लामासँग प्रशिक्षण लिदै आएकी हुन् ।

नेपालकी ओलम्पियन डुआना लामाले पनि ८०० मिटर महिलातर्फको फ्रिस्टाइलमा नयाँ राष्ट्रिय किर्तिमान बनाइन् ।

प्रतिक्रिया