२७ जेष्ठ २०८२, सोमबार | June 9, 2025

वडाको विकासमा प्रत्येक टोलबासीको सहयोग आवश्यक : सुमन श्रेष्ठ,वडाध्यक्ष


249
Shares

काठमाडौं,२६ जेठ । काठमाडौं महानगरपालिका–१४ ले आज चौथो दिन कलंकीमामा योजना छनौट तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडाध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा आर्थिक वर्ष २०८२/०८३ का लागि योजना छनौट तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

कलंकी आसपासका बासिन्दालाई पायक पर्ने कंलकीस्थित नारायण मार्केटमा सोमबार वडाले जनताको गुनासो सुन्न र सुझाव लिनका लागि सो कार्यक्रमको आयोजना गरिएको हो । बिहीबार खड्कागाउँ, शुक्रबार शान्तिटोल र आइतबार बल्ुखमा अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले समग्र १४ नम्बर वडा राम्रो बनाउनेमा वडा÷टोलबासीको महत्वपुर्ण भुमिका रहेको भन्दै सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पुरा गर्नुपर्ने बताउनु भयो । वडा भित्रको सबै समस्या जनप्रतिनिधिले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो टोलको विकासका लागि सम्पुर्ण संघ संस्था,महिला समुह, विभिन्न क्लबहरु,युवाहरुलगायतलाई वडालाई सहयोग गर्न आग्रह गर्नुभयो ।

श्रेष्ठले वडावासीको चाहना अनुरूप नै योजना छनोट होस् भन्ने उद्देश्यका साथ टोल भेलाहरू आयोजना गरेको जानकारी दिनुभयो । उहाँले टोलका आवश्यकता, सम्भावना र चुनौतीहरूको बारेमा गहन छलफल गरी बढीभन्दा बढी लाभ प्राप्त हुने योजना छनोट गर्न वडाबासीलाई आग्रह गर्नुभयो । टोल टोलमा पुग्दा वडाबासीको समस्यालाई नजिकबाट बुझ्ने, समाधान गर्न सहज हुने र बजेट राख्दा परिणाममुखी हुने भएकोले कार्यक्रम टोल टोलमा आयोजना गरिएको बताउनु भयो ।

योजना छनौट गर्न १४ न वडाभित्र ६ वटा स्थान तोकिएको छ । ती ६ वटा स्थानमा भएको अन्तक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रमले सम्पुर्ण वडाभित्रका समस्या पहिचान हुने र बजेट विनियोजन गर्न सहज हुने वडाले अपेक्षा गरेको छ ।

टोल तथा बस्ती स्तरबाटै योजना छनौट गर्न पाउदा विकासमा दिगोपन हुने भन्दै स्थानीयहरुले खुशी व्यक्त गरे । भेलामा वडा न १४ का जनप्रतिनिधि,बुद्धिजिवी,समाजसेवी, र स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रममा टोलबासीले आफ्नो टोलको समस्या र विकासका सम्भावनाबारे जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया