२५ जेष्ठ २०८२, शनिबार | June 7, 2025

नेपाल दलित संघको केन्द्रीय कार्य सम्पादन समितिमा २२ सदस्य मनोनित


22.1k
Shares

काठमाडौं,२४ जेठ । नेपाल दलित संघको केन्द्रीय अध्यक्ष लोक बहादुर बिश्वकर्माले कार्यसम्पादन समिति गठन गरेका छन् । नेपाल दलित संघको विधान २०५४ को पाँचौ संशोधन २०७८ को संशोधीत विधानको धारा १६ को ५ बमोजिम मन्जित ताम्राकार,शम्भु हजारा दुसाद, लोकेन्द्र विश्वकर्मासहित २२ जना संघका केन्द्रीय सदस्यहरुलाई विश्वकर्माले कार्यसम्पादन समितिमा मनोनित गरेका हुन् ।

संघको विधानको अधिनमा रही संगठन विस्तार एवं संघको गतिविधिमा मनोनित सदस्यहरुको सक्रिय भूमिका रहनेछ विश्वासका साथ जिम्मेवारी दिइएको अध्यक्ष विश्वकर्माद्धारा जारी पत्रमा उल्लेख छ ।

मनोनित हुनेहरुमा शम्भु हजारा दुसाद,मुक्त बहादुर महते, लोकेन्द्र विश्वकर्मा,रामवरण पासवान,मन्जित ताम्राकार, धनमान बराइली, भिमसेन दमाई, विर बहादुर वि.क. (कमल),हर्क बहादुर विश्वकर्मा, गोपाल प्रसाद वि.के.राम सुन्दर महरा,शिव सुनार, धर्म नेपाली,वाल कुमार विश्वकर्मा (सुमन),केदार गहतराज,विष्णु भक्त बराइली रहेका छन् ।

त्यसैगरी,राजेन्द्र घताने,रुपा सुनार, सन्जु सिंह विश्वकर्मा,प्रेम विश्वकर्मा,पवित्रा विश्वकर्मा र हरिहर परियार मनोनित भएका छन् ।

 

 

प्रतिक्रिया