विश्व वातावरण दिवसः समर्पण बस्ति सुधार समितिद्धारा बृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं,२२ बिहीबार । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ ।
विश्व वातावरण दिवसको अवसरमा काठमाडौं–१६, बालाजुस्थित समर्पण बस्ति सुधार समितिले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कृषि विकास बैंकको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।
बैंकको तर्फबाट उप–महाप्रबन्धकहरु प्रताप सुबेदी,यज्ञप्रसाद न्यौपाने,सुदिपकुमार दाहाल,विभागिय प्रमुख सरिता दाहाल,वरिष्ठ शाखा प्रमुख धुर्व पौडेललगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो ।
त्यसैगरी,कार्यक्रममा समर्पण बस्ति सुधार समितिका अध्यक्ष टुकनाथ ढकाल,उपाध्यक्ष ई.रबिन्द्र अधिकारी,भूतपूर्व अध्यक्षहरु मृगेन्द्र भुर्तेल,धुर्वराज भडेंल, गोपाल प्रसाद रिमाल, कर्ण बहादुर शाही लगायत बस्तिका अन्य स्थानीय बासिन्दा र कार्यसमितिका सदस्यहरु सहभागी थिए ।
कृषि विकास बैंकले यस अघि पनि समर्पण बस्ति सुधार समितिलाई सिएसआर अन्तर्गत सहयोग गर्दै आइरहेको छ । समर्पण चोकमा रहेको समर्पण विनायक मन्दिरलाई पनि सो बैंकले ठुलो घण्टी हस्तान्तरण गरेको थियो भने समर्पण बस्तीलाई कम्प्युटर र पिन्टर पनि सहयोग गरेको थियो । कार्यक्रममा बोल्दै बैंकका उप–महाप्रबन्धकहरुले आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताए ।
संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो।