२२ जेष्ठ २०८२, बुधबार | June 5, 2025

माट्रिका आँखा केन्द्र बन्यो विश्वव्यापी ब्रान्ड, नवीनतम वैज्ञानिक विधि सिक्दै विदेशी विज्ञ


9.3k
Shares

काठमाडौं, २० जेठ । आँखाको उपचारमा नेपालको माट्रिका आँखा केन्द्र देशभित्र नभई विदेशमा पनि उत्कृष्ट ब्रान्ड बनेको छ । माट्रिकामा आँखाका क्षेत्रमा भइरहेका नवीनतम वैज्ञानिक विधिको सफलताको चर्चा विश्वभर फैलिइरहेको छ ।

माट्रिका आँखा केन्द्रमा विदेशबाट वरिष्ठ विज्ञहरु नवीनतम वैज्ञानिक विधि बुझ्न र जान्न आउन थालेका छन् । यसपटक माट्रिकामा चीन, सिंगापुर, थाइल्यान्डलगायत विभिन्न अस्पतालका वरिष्ठ तथा उदीयमान आँखाका क्षेत्रका विज्ञहरु आएर नवीनतम वैज्ञानिक ज्ञान हासिल गरेका छन् ।

विदेशबाट रिफ्याक्रिटभ सर्जनहरु आएर माट्रिकामा नयाँ ज्ञान लिन थालेका छन् । माट्रिकाले रिफ्याक्रिटभ सर्जरीको नयाँ वैज्ञानिक ज्ञान साझेदार गर्दै आएको जनाएको छ । नेपालमा मात्र नभई विदेशमा समेत माट्रिका लेजर आँखाको शल्यक्रियाका लागि उत्कृष्ट ब्रान्डका रुपमा चर्चामा छ अहिले ।

प्रतिक्रिया