२० जेष्ठ २०८२, सोमबार | June 2, 2025

साँफेबगरमा भारतको सहयोगमा बन्यो महेन्दै मावि भवन


415
Shares

काठमाडौं, १७ जेठ । अछामको साँफेबगर नगरपालिकास्थित श्री महेन्द्र माध्यमिक विद्यालयको भवन निर्माण पूरा भएको छ । भारतको सहयोगमा निर्माण सम्पन्न भवनको औपचारिक हस्तान्तरण शनिबार भएको छ ।

जिल्ला समन्वय समिति, अछामका प्रमुख ललित बहादुर कुँवर, साँफेबगर नगरपालिकाका मेयर राजेन्द्र बहादुर कुँवर र भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा श्री महेन्द्र माध्यमिक विद्यालयको व्यवस्थापनलाई भवन हस्तान्तरण गरे ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालयका शिक्षकरशिक्षिका, विद्यार्थी एवम् उनीहरुका अभिभावकहरुको पनि उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ करोड २४ लाख आर्थिकमा विद्यालय भवन निर्माण गरिएको हो । भवनमा कक्षाकोठा, प्रयोगशाला, कम्प्युटर कक्ष, कर्मचारी कक्ष, प्रशासन शाखा, प्रधानाध्यापक कक्ष, पुस्तकालय, लेखा शाखा र छात्र एवम् छात्राका लागि शौचालय छन् ।

अनुदान सहयोग फर्निचर र कम्प्युटरको खरिदमा पनि उपयोग गरिएको जनाइएको छ। यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो र जिल्ला समन्वय समिति, अछममार्फत कार्यान्वयन गरिएको थियो ।

सन् १९६० मा माध्यमिक विद्यालयका रुपमा स्थापित श्री महेन्द्र माध्यमिक विद्यालय पछि उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको थियो । नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुने यस विद्यालयमा ४०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया