जेठ १५ गते सडकमा एक्लै हिंडेर देखाउन ओलीलाई स्वागत नेपालको चुनौती

काठमाडौं, १२ जेठ । राजसंस्था पुनःस्थापनाका लागि आन्दोलनमा होमिएको संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ जेठमा राजधानीमा एक्लै सडकमा हिंडेर देखाउन चुनौती दिएका छन् । उनले ओलीले उक्त दिन राजधानी कब्जा गर्ने धम्की दिएको जवाफमा त्यस्तो चुनौती दिएका हुन् ।
‘राजधानी कब्जा गर्ने धम्कीका लागि प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई सो दिन राजा सरह एक्लै राजधानीका सडकमा सुरक्षाकर्मी र आफ्ना पालितपोषित समूह बिना एक्लै हिंडेर देखाउन चुनौति,’ स्वागत नेपालले विज्ञप्ति जारी गरी भनेका छन् ।
सरकारले तीनकुने गोलीकाण्ड मच्चाउनुपूर्व समेत ओलीले राजसंस्थावादी देशभक्तहरुमाथि बाघले झम्टिएजस्तो झम्टिएर हत्याहिंसामा उत्रिन निर्देशन दिएको स्मरण गराएका छन् । उनले ओलीको अभिव्यक्तिो भत्र्सना समेत गरे ।
नेपालले देश ओलीको कब्जामा छैन भन्ने उनको अभिव्यक्तिले प्रमाणित गरेको बताए । उनले शान्तिपूर्ण संवैधानिक राजसंस्थासहितको व्यवस्थाका लागि आत्मसमर्पण गर्न ओलीलाई सुझाव दिएका छन् ।
ओलीको अभिव्यक्ति हिंसा भड्काउने खालको भएको भन्दै भविष्यमा हुनसक्ने क्षतिको जिम्मेवार हुनुपर्नेमा सचेत गराएका छन् ।