७ असार २०८२, शनिबार | June 21, 2025

नुवाकोटमा विवादित बन्यो काँग्रेस क्रियाशील सदस्यता नवीकरण


79.9k
Shares

काठमाडौं,७ जेठ । नेपाली काङ्ग्रेस नुवाकोटको राजनीति पछिल्लो समय दुई ठुला परिवारको वरिपरि घुमिरहेको छ । पार्टीका केन्द्रीय नेता द्धय अर्जुन नरसिंह केसी र डा.रामशरण महत परिवारले नुवाकोटको राजनीतिमा रजाइ गरीरहेका छन् । नेताहरु पटक–पटक मन्त्री हुने, सबै अवसर आफै लिने, एस आराम गर्ने तर उनीहरुलाई जिताउन भोट हाल्ने कार्यकर्ताको अवस्था जहिल्यै उस्तै रहेको छ ।

केसी र महत परिवारबीचको खिचातानीले नुवाकोट कांग्रेसको आन्तरिक राजनीति र त्यहाको विकासमा ठुलो असर गरेको छ । क्रियासिल सदस्यता नविकरणमा पनि त्यस्तै समस्या दोखिएको छ । कांग्रेसमा वडादेखि केन्द्रसम्म नै गुटबन्दी हावी हुँदा त्यसको प्रभाव अधिवेशनदेखि महाधिवेशनसम्म पर्न सक्छ । पार्टीलाई सवस्र्व ठान्ने कार्यकतालाई सदस्यता नविकरण नहूदा धेरै नै असर पर्छ ।

सदस्यता नविकरणको सिकार भएका छन्,नुवाकोटका भिमसेन खड्का । शिवपुरी गाउँपालिका–५ का स्थानीय खड्का ०५१ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् । पार्टीका लागि भनेर उनले ज्यानको बाजी राखेर क्षेत्र नम्बर १ मा पहिलो पल्ट कांग्रेसलाई जिताउन महत्वपुर्ण भूमिका खेलेका थिए । उनी पूर्व क्षेत्रिय सहसचिव हुन् र हाल क्षेत्रीय प्रतिनिधि पनि हुन् । पार्टीका लागि लामो समय खर्चिएका उनको यसपटक भने क्रियासिल सदस्यता नै नविकरण हुनै पाएन । उनी केसी परिवार निकट मानिन्छन् ।

भिमसेन खड्का

उनका अनुसार डा.प्रकाशशरण महत परिवार निकट वडा सभापति रामकृष्ण थापाले खड्काको सदस्यता नविकरण गर्न रोक लगाएका हुन् । थापाले नगर सभापतिलाई नविकरणका लागि सदस्यहरुको नामावली पठाउदा खड्का बाहेकको नाम मात्र पठाएको उनको आरोप छ । सदस्यता नविकरण गर्न नपाएकोमा खड्काले आफुमाथि ठुलो अन्याय भएको भन्दै अत्यन्तै दुख लागेको गुनासो पोखे । उनले भने,“अत्यन्तै दुख लागेको छ, यत्रो वर्ष पार्टीमा गरेको दुख पुरै खेरा गयो । म माथि अन्याय भयो । म माथि व्यक्तिगत रिस साधियो ।” खड्काले गत स्थानीय चुनावमा असहयोग गरेको नचाँहिदो आरोप लगाएर थापाले पावर देखाएको बताए । र, उनले सदस्यता नविकरण नगर्नुको कारण लिखित रुपमा कसैले आफुलाई नदिएको जानकारी दिए । खड्काले विरासतको राजनीति गर्न नहुने तर्क गर्दै भने,“रामकृष्ण थापा सभापति उसकै बावुले बनाएका हुन् । बुवाकै ठुलो आर्शिबादले सभापति भएको हो । विरासतको राजनीति हामीलाई स्विकार्य छैन् ।” महत पक्षको नभएकोले पनि आफुमाथि विभेद भएको उनले गुनासो गरे । “म प्रकाश शरण महत पक्षको नभएकोले म माथि अन्याय गरियो ।”–उनले भने ।

वडा सभापति थापा गत स्थानिय निकायको निर्वाचनमा वडाध्यक्षको कांग्रेसतर्फका उम्मेदवार थिए । उक्त चुनावमा थापा नेकपा एमालेका उम्मेदवार रेशम तामाङ्गसँग ८७ मतले पराजित भएका थिए । सो निर्वाचनमा थापाले आफुलाई असहयोग गरेकोले आफु हारेको आरोप खड्कामाथि लगाएका थिए । वडा सभापति थापाका बुवा प्रेम बहादुर थापा यसअघिका वर्षसम्म सो वडाको नेतृत्व गर्दै आएका थिए । लामो समयसम्म उनी वडा सभापति थिए । बुवा प्रेमले नै आफ्ना छोरालाई सभापति बनाउन सहयोग गरेका थिए ।

वडा सभापति रामकृष्ण थापा

यसबारे वडासभापति थापाले नेपाली पेनसँग कुरा गर्दै भने,“उहाँले गएको स्थानीय चुनावमा पार्टीको उम्मेदवारमाथि अन्र्तघात गरेको हुनाले साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो ।” थापाले अघिल्लो वर्ष आफ्ना बुवा र पछिल्लो पटक आफु वडाध्यक्षको उम्मेदवार हुदाँ खड्काले असहयोग गरेकाले कारबाही स्वरुप सदस्यता नविकरण नगरिएको बताए । उनले भने,“१५० जना सदस्य रहेको कार्यसमितिले उहाँलाई कारबाही गर्ने निर्णय गरेको हो ।” केसी पक्षको नै भनेर कारबाही नगरिएको दाबी गरे ।  यसबारे बुझ्न खोज्दा गाउँपालिका सभापति कविराज गुरुङ्गको फोन उठेन ।

नेपाल तरुणदल केन्द्रीय सदस्य संजिव गुरुङ्गले नेताहरु कै कारण पार्टीको अवस्था खस्किदै गएको बताए । वडादेखि केन्द्रसम्म नेतृत्व गुटबन्दीमा लाग्दा कार्यकर्ताको मनोबल घट्दै गइरहेको टिप्पणी गरे । उनले भने,“नेताहरु अब पनि नसच्चिने हो भने यसको परिणाम भयंकर हुनेछ ।”

कांग्रेसको क्रियाशील सदस्यता फर्म जिल्लामा पठाएपनि पार्टीको समूहगत समस्याले तल्लो तहसम्म वितरण हुन नसकेको र गुटबन्दी कै कारण नवीकरणमा समस्या आएको देखिन्छ ।

 

प्रतिक्रिया