८ जेष्ठ २०८२, बुधबार | May 21, 2025

भारतद्वारा पाकिस्तानमाथि प्रहारले हतियारको प्रचार


913
Shares

एजेन्सी, ८ जेठ । पाकिस्तानमा रहेको आतंकवादीको अखडामा भारतले आक्रमण गरेर ठूलो क्षति पुर्याएको छ । पाकिस्तानले पनि भारतमाथि प्रत्याक्रमण गर्न खोज्यो । चार दिनको आक्रमण र प्रत्याक्रमका क्रममा हतियारहरुको खुलासा भयो ।

भारतले रुसबाट किनेको एस ४०० को प्रयोग गर्यो । हवाई प्रतिरक्षा प्रणाली एस ४०० ले हजार किलोमिटरसम्मको युद्धक विमान र ड्रोनलाई निष्कृय पारिदिनसक्छ । यसको सफल प्रयोग भारतले गरेको छ । जसको प्रशंशा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत गरे । रुस उक्त हतियारको सफल परीक्षणबाट उत्साही भएको छ । उसले आफ्नो हतियारको प्रचार गर्न थालेको छ ।

पाकिस्तानले चीन र टर्कीमा निर्मित हतियार प्रयोग गरेको छ । चीनको हतियारको प्रभावकारिताको खुबै प्रचार गरियो । तर, रुस, अमेरिका र फ्रान्सका हतियारसामु चीनको हतियार अझै प्रभावकारी देखिएन ।

भारत र पाकिस्तानबीचको द्वन्द्वका क्रममा रुसी हतियार सबैभन्दा प्रचारमा परे । कतिपय देशले रुसको हतियार किन्ने पहल थालिसकेका छन् अहिले ।

प्रतिक्रिया