सिद्धिविक्रम शाह एआइजी बढुवामा सिफारिश

काठमाडौं, ६ जेठ । नेपाल प्रहरीको एआइजी बढुवामा सिद्धिविक्रम शाह सिफारिशमा परेका छन् । प्रहरीले सूचना जारी गरी शाह रिक्त एआइजी पदमा सिफारिश भएको जनाएको हो ।
प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा कार्यरत शाह राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा प्रवेश गरेका अधिकृत हुन् ।