७ जेष्ठ २०८२, मंगलबार | May 20, 2025

बीपीको जीवनकथामा आधारित ‘सान्दाजु’ लोकार्पण


1.3k
Shares

काठमाडौं । नेपाली राजनीति तथा साहित्यका मूर्धन्य व्यक्तित्व बीपी कोइरालाको जीवनकथामा आधारित उपन्यास ‘सान्दाजु’ लोकार्पण गरिएको छ । उपन्यासकार सुभाष घिमिरद्धारा लिखित ‘सान्दाजु’ को लोकार्पण नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले गरे । सोमबार ९जेठ ५० काठमाडौंमा उपन्यास लोकार्पण गर्दै उनले ऐतिहासिक उपन्यास लेख्नु आफैँमा चुनौतीपूर्ण काम भएको बताए । ‘सान्दाजु’ एउटा दस्ताबेजका रूपमा संगृहीत भएको उनले उल्लेख गरे । थापाले उपन्यासकारले साहित्यका माध्यमबाट नयाँ पुस्तामा बीपी कोइरालालाई परिचित गराउने काम गरेको बताए ।

सुन्दर स्वदेश पब्लिकेसनले प्रकाशन गरेको उपन्यास बिमोचनको आयोजना जय नेपाल फाउण्डेशन ग्लोबल वुमन नेटवर्कले गरेको थियो । जय नेपाल फाउण्डेशनले समग्र व्यवस्थाका अवयवहरु तथा व्यवस्थाको सुधार अनि प्रजातान्त्रिक समाजवादको व्यवहारिक पक्ष तथा देशको राजनीतिक बैचारिक तथा साहित्यीक विधामा विगत लामो समयदेखि बहस छलफल चलाउदै आएको कुरा संस्थाका अध्यक्ष बद्री अर्यालले जनाउनु भयो।

उक्त कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै डा। तुलसी भट्टराईले बीपी आफैँमा सिंगो इतिहास भएको उल्लेख गरे । उपन्यास यथार्थपरक रूपमा रोचक ढंगबाट ल्याइएको उनको भनाई थियो । लेखक तथा राजनीतिक विश्लेषक शंकर तिवारीले समीक्षात्मक टिप्पणी गरे । बीपीको जीवनका अनेक पक्ष यो उपन्यासमा समेटिएको उनले बताए ।

उपन्यासकार सुवास घिमिरेले बीपीको कर्मबाट प्रेरित भएकोले आफूले यो उपन्यास लेखेको बताए । कार्यक्रममा मधु आचार्य, बद्री अर्याल, लेखकका पिता रामकृष्ण घिमिरे, राजेन्द्र पराजुली, जीतनारायण श्रेष्ठ, बिजुला बर्मा, विनीता अधिकारी लगायतका व्यक्तिले कृति, कृतिकार र बीपी कोइरालाका बहुआयामिक व्यक्तित्वका विषयमा बोलेका थिए ।

प्रतिक्रिया