७ जेष्ठ २०८२, मंगलबार | May 20, 2025

काठमाडौं क्षेत्र ९ का कांग्रेस सभापति महर्जनले गरे प्रशिक्षण समिति गठन


6.8k
Shares

काठमाडौं,६ जेठ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ ले प्रशिक्षण शाखा समिति गठन गरेको छ । क्षेत्रिय सभापति जयकृष्ण महर्जनले कांग्रेसको विधान अनुसार मोहन कुमार बस्नेतको संयोजकत्वमा ७ जनाको कार्यसमिति गठन गरेका हुन् ।

संयोजक बस्नेतसहित समितिको सदस्यहरुलाई सभापति महर्जनले मंगलबार एक कार्यक्रमको आयोजना गरेर नियुक्ति पत्र हस्तान्तरण गरेको काठमाडौं क्षेत्र नम्बर ९ का सचिव सन्तोष गिरीले जानकारी दिए ।

नवनियुक्त सदस्यहरुमा बिनोद डंगोल,लोकनाथ भट्टराई,रुपा भट्टराई, सुनिल ढुंगाना,महेश्वर शाही,रिता थपलिया रहेका छन् ।

सभापति महर्जनले नवगठित प्रशिक्षण शाखा समितिले सशक्तरुपमा काम अघि बढाउनेमा आफु ढुक्क भएको बताए ।

 

प्रतिक्रिया