गभर्नर नियुक्ति विवादले ओली-देउवा खटपट

काठमाडौं, ५ जेठ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति विवादले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको विवाद चुलिएको छ । सोमबार मन्त्रिपरिषद बैठक बसी नियुक्ति टुंगो लगाउने भनेपनि स्थगित भयो ।
गभर्नरको विषय टुंग्याउन ओलीले देउवालाई भेटका लागि डाकेका थिए । तर, उनी गएनन् ।
गभर्नरमा विश्व पौडेललाई नियुक्त गर्ने पक्षमा देउवा छन् । तर, ओली यसमा सहमत नभएको बुझिएको छ ।