४ जेष्ठ २०८२, शनिबार | May 17, 2025

डा. शेखर कोइरालाले गरे रेमिट्यान्सको नाममा अवैध पैसा भित्रिरहेको आशंका


498
Shares

काठमाडौं, ३ जेठ । नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले रेमिट्यान्सका नाममा देशमा गैरकानूनी धन भित्रिरहेको आशंका व्यक्त गरे । उनले शनिबार काठमाडौंमा बोल्दै एकै महिना झण्डै २ खर्ब रेमिट्यान्स भित्रिएको तथ्यांक उल्लेख गर्दै शंका व्यक्त गरे ।

कोइरालाले रेमिट्यान्सको तथ्यांक प्रस्तुत गर्दै भने, ‘अमेरिकामा बस्ने नेपालीले डेढ सय देखि १५ सय डलर पठाउने रहेछ । खाडीबाट १५ देखि २० हजार पठाउने रहेछ । रेमिट्यान्सको नाममा आइरहेको कुन पैसा हो ।’

कोइरालाले एकै महिना २ खर्ब रेमिट्यान्स सम्भव नदेखिएको र गैरकानूनी पैसा भित्रिइरहेको संकेत गरे । उनले भने, ‘२ खर्ब रेमिट्यान्स आउँदा प्रत्येक व्यक्तिले ४० हजार मात्र पठाएमा ५० लाखले पठाउनुपर्छ । के त्यो सम्भव छ ? कहिले हामीले सोच्यौं ?’

गैरकानूनी धन भित्राउने र पठाउने खेलले पनि गभर्नर नियुक्तिमा चलखेल चलिरहेको उनको भनाई थियो ।

कोइरालाले एकै महिना २ खर्ब रेमिट्यान्स सम्भव नदेखिएको र गैरकानूनी पैसा भित्रिइरहेको बताए । गैरकानूनी धन भित्राउने र पठाउने खेलले पनि गभर्नर नियुक्तिमा चलखेल चलिरहेको उनको भनाई थियो ।

राष्ट्र बैंकले देशभित्र आउने र जाने विदेशी विनिमयमार्फत् हुने कारोबारको नियमन गर्दछ । जसका कारण गभर्नरमा मुख्य दलका नेताहरुको चासो छ ।

प्रतिक्रिया