नारायण पोखरेलपुत्र दिनबन्धुसँग धार्मिक अनुष्ठानमा प्रचण्ड

काठमाडौं, २८ वैशाख । माओवादीमाथि १७ हजारभन्दा बढीको ज्यान जाने गरी भएको रक्तपातपूर्ण हिंसाको कालो धब्बा छ । त्यसमध्ये एउटा हो वाचन शिरोमणि पण्डित नारायण पोखरेलको हत्या ।
पोखरेलको नाममा स्थापित प्रतिष्ठानको आयोजनामा काठमाडौंको नागार्जुनमा बद्री नारायण प्राण प्रतिष्ठाको ८ दिने कार्यक्रम आयोजना भयो । त्यसको अन्तिम दिन शनिबार माओवादी अध्यक्ष प्रचण्ड पुगे ।
धर्मलाई अफिम मान्ने प्रचण्ड दिनबन्धुसँग भलाकुसारीमा मस्त देखिए । दिनबन्धुले अतिथि बनाएर दुबोको माला लगाइदिए । यो दृश्यलाई निकै चासोका साथ हेरिएको छ अहिले ।