२७ बैशाख २०८२, शनिबार | May 10, 2025

‘अपरेशन सिन्दूर’ मा मारिएका पाँच पाकिस्तानी आतंकवादी को को


3.6k
Shares

एजेन्सी, २७ वैशाख । भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएको आतंकवादविरुद्धको हमलामा पाँच पाकिस्तानी आतंकवादी नेता मारिएको खुलाएको छ । उनीहरु पाकिस्तानमा आश्रय लिएर सक्रिय थिए ।
संयुक्तराष्ट्रसंघले समेत आतंकवादी घोषित गरेका व्यक्ति पाकिस्तानी सेनाको बीच देखिएको तस्बिर सार्वजनिक भएको छ । भारतले आतंकवादी घोषणा गरेकाहरु पनि पाकिस्तानमा खुलेआम सक्रिय रहँदै आएका छन् ।

भारतले एक सय आतंकवादी अपरेशन सिन्दूरमा मारिएको जनाएको छ । जसमध्ये पाँचजना आतंकवादी संगठनका नेताहरु छन् ।

मारिएकामा लस्कर ए तैबाका नेता मुडासार खादियन खस छन् । उनले पाकिस्तानी सेनाबाट मृत्युपश्चात सम्मान पाएका छन् । पाकिस्तानी सेनाप्रमुखले समेत उनलाई समवेदना दिए र पाकिस्तानका उच्च सैनिक अधिकारीहरु अन्त्येष्टिमा सहभागी भए ।

मारिएकामा मसुद अजरका नातेदार हफिज मुहम्मद जमिल पनि छन् । उनी जैसे ई मोहम्मदसँग आवद्ध थिए । उनी उक्त संगठनको अर्थ संकलनमा सक्रिय थिए । सोही संस्थाका मोहम्मद युसुफ अजर पनि भारतको हमलामा मारिए । उनी पनि अजरका नातेदार हुन् । नेपालबाट १९९९ मा अपहरणमा परेको एयर इन्डियाको विमान अपहरणमा संलग्नताको आशंका युसुफ अजरमाथि पनि छ ।

जैसे ई मोहम्मदका अर्का नेता मोहम्मद हसन खान पनि हमलामा मारिएका छन् । उनी जैसे ई मोहम्मदका कमाण्डर मुफ्ती असगर खान काश्मिरीका छोरा हुन् । उनी जम्मु काश्मिरमा हुने गरेको आतंकवादी हमलामा योजनाकार मानिदै आएका थिए ।

प्रतिक्रिया