२६ बैशाख २०८२, शुक्रबार | May 10, 2025

कल्याण श्रेष्ठले संवैधानिक निकायको पद अग्रिम बाँडफाँड गर्न थालेपछि…


1.5k
Shares

काठमाडौं, २४ वैशाख । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ शक्तिको अभ्यासमा खप्पिस पात्र हुन् । उनले अदालतमा ठूलै प्रभाव जमाएका छन् । यसकै बलमा राजनीतिक शक्तिसँग पनि प्रभाव जमाउन सकेका छन् ।

पछिल्लो समय कल्याण श्रेष्ठले रास्वपामा पनि प्रभाव बनाइसकेको तथ्यहरु बाहिर आइसकेको छ । रवि लामिछानेको मुद्दामा पनि उनले अदृश्य भूमिका खेलेका थिए । उनको मुख्य दलहरुमा प्रभाव रहेको पुरानै विषय हो । कृष्णमान प्रधानलाई निर्वाचन आयुक्त बनाउन असफल भएपछि झड्का लागेका श्रेष्ठ थाकेका छैनन् । विवादास्पद छविका प्रधान संसदीय सुनुवाईबाट सर्वसम्मतले अस्वीकृत भएका थिए । उनी आफू निकटस्थहरुलाई संवैधानिक निकायमा नियुक्ति दिलाउने पूर्वतयारीमा छन् ।

अहिले संवैधानिक निकायमा भएका नियुक्तिसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । ५२ भाईको नियुक्तिको विषय अदालतमा विचाराधीन हुँदा केही शक्तिशाली व्यक्तिहरु अहिले नै यी पदहरु अब चाँडै खाली हुने भन्दै आफ्नो मान्छे राख्ने पूर्वतयारीमा सक्रिय भएका छन् । तीमध्ये मुख्य खेलाडी श्रेष्ठ हुन् ।

गत आइतबार रामादा होटलमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको पुस्तक विमोचनपछिको अनौपचारिक भलासुसारीमा संवैधानिक निकायमा ठूलो संख्यामा पदाधिकारी खाली हुने चर्चा चल्यो । जीवा लामिछानेको लगानीको होटल आकालाई रामादाले व्यवस्थापनको जिम्मेवारी लिएको छ अहिले । विश्वस्त स्रोतका अनुसार श्रेष्ठले त्यहाँ केही शक्तिशाली व्यक्तिहरुलाई पद नै बाँडेका थिए । उनले पूर्वमुख्यसचिव शंकरदास वैरागीलाई प्रमुख निर्वाचन आयुक्त, खम्बहादुर खातीलाई अख्तियारको आयुक्त बन्ने सम्भावित भनेको बुझिएको छ । त्यहाँ श्रेष्ठका निकटस्थहरुको ठूलै भेला देखिन्थ्यो । शक्तिशाली अनुहारहरु कार्यक्रममा देखिएका थिए ।

पछिल्लो समय संवैधानिक निकायको नियुक्तिको चार वर्षदेखि अड्किएको मुद्दा सुनुवाईका क्रममा रहेको छ । मुद्दालाई प्रभावित बनाउन खोजेको भन्दै धमाधम अवहेलना मुद्दा लगाउन थालिएको छ ।

प्रतिक्रिया