कस्ले गर्दैछ प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई महाभियोगका लागि उजूरी दायरको तयारी

काठमाडौं, २६ वैशाख । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र सर्वोच्च अदालतका केही न्यायाधीशहरुलाई महाभियोगका लागि उजूरी दायर गर्ने तयारी भइरहेको बुझिएको छ । सत्य र न्यायको खोजी अभियानले प्राय सबै तहका अदालतहरुमा मुद्दाको पक्षको रुपमा रहने बैंक तथा वित्तिय संस्थाहरुको कर्जा असुली र अदालती दृष्टिकोण शिर्षकमा सर्वोच्च अदालत बार एशोशिएसनले बैंकबाट पैसा उठाएर २ चैत्र २०८२ मा अन्र्तक्रियामा सहभागी प्रधानन्यायाधीश राउत र केही न्यायाधीशहरुलाई महाभियोगका लागि उजूरी दायर गर्ने तयारी भइरहेको जानकारी दिए ।
अभियानका अध्यक्ष वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले हिलिडे इन रिसोर्टमा आयोजना गरेको अन्र्तक्रिया कानूनी पेशाको नैतिकता र न्यायिक निष्ठा विपरित रहेको ठहर गर्दै उजूरी दायर गर्ने सम्बन्धमा अध्ययन र भिडियो भुटेज प्रमाणहरुको विश्लेषण भइरहेको बताए । अभियानले दुई पटक पत्र लेखी सूचनाको विवरण माग गर्दा पनि सम्बन्धित निकायले उपलब्ध नगराएकोले प्राप्त प्रमाणहरुका आधारमा अन्र्तक्रियामा सहभागी प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई संघीय संसद सचिवालयमा र मातहतका अदाचलतका न्यायाधीशहरुलाई न्यायपरिषदमा उजुरी दायर गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।
अभियानले होलिडे इन रिसोर्टको अन्र्तक्रिया आयोजनाका लागि खाना र पेय पद्धार्थका लागि लाग्ने खर्च विभिन्न बैंकहरुबाट के कति उठाइएको हो, कार्यक्रममा सहभागी प्रधानन्यायाधीश र न्यायाधीश, वकीर बारका कर्मचारीको नामावली, कार्यक्रमका लागि लागत विवरणलगायत सर्वोच्च अदालत बार एशोशिएसनसँग मागेको छ । तर, एशोशिएसनले अझै दिएको छैन ।