२६ बैशाख २०८२, शुक्रबार | May 9, 2025

पाकिस्तानका ड्रोनहरु भारतले खसालिदियो


1.3k
Shares

एजेन्सी, २६ वैशाख । भारतले पाकिस्तानको ड्रोन हमला विफल पारिदिएको छ । पाकिस्तानले भारतको सीमाभित्र हमलाका लागि प्रयोग गरेका ड्रोन खसालिएका छन् ।

ड्रोन खसालेका भिडियोहरु समेत सार्वजनिक भएका छन् । पाकिस्तानबाट पसेका आतंकवादीले काश्मिरको पहलगाममा एक नेपालीसहित २६ जना यात्रीको गोली हानी हत्या गरेपछि भारतले हमला गरेको हो । भारतले बुधबारबाट सुरु गरेको हमला जारी राखेको छ । आतंकवादीको सेल्टर तारोमा परेका छन् ।

पाकिस्तानले पनि भारतमा गोलाबारी गरेको छ । उसका आक्रमण भारतले विफल पारिदिएको छ ।

पाकिस्तानको हवाई प्रतिरक्षा प्रणालीलाई भारतले निष्कृय पारिदिएको छ । लाहोरलगायत क्षेत्रका हवाई प्रतिरक्षा प्रणाली निष्कृय पारिदएको भारतका रक्षामन्त्री राजनाथ सिंहले जनाएका छन् ।

प्रतिक्रिया