१८ जेष्ठ २०८२, शनिबार | May 31, 2025

भारतको पाकिस्तानमाथि हमलाको नेपालमा असर के


2.1k
Shares

काठमाडौं, २५ वैशाख । भारतले पाकिस्तानमाथि मिसाइल हमला गरेपछि विश्वव्यापी चासो बढेको छ । काश्मिरको पहलगाममा एक नेपाली युवक र २५ भारतीय तीर्थयात्रीको मुस्लिम आतंकवादीले गोली हानी हत्या गरेपछि पछिल्लो हमला भएको हो ।

भारतले मुस्लिम आतंकवादी संगठन जैसे ई मोहम्मदका नेता मौलाना मसुद अजरलाई समेत तारो बनाएर आक्रमण गरेको छ । जसमा अजसरका ४ सदस्य र परिवारका १० सदस्य मारिएको खुलेको छ ।
अजर १९९९ मा एयर इन्डियाको यात्रुवाहक विमान काठमाडौंबाट अपहरणमा परेपछि भारतको कारागारबाट रिहा गरिएका थिए । आतंकवादी अपहरणकारीले विमान सकुशल छाड्न अजरलगायतको रिहाईको माग गरेका थिए । नेपालमा आतंकवादले विगतमा गरेको गतिविधिसँग पनि अजर जोडिएका छन् । यसले पनि पछिल्लो घटनाको साइनो नेपालसँग पनि जोडिएर आउँछ ।

नेपालको भारतसँगको सीमा क्षेत्रमा सुरक्षा कडाई गरिएको छ । २४ वैशाखमा सुरक्षा परिषदको बैठक बसेको छ । नेपालको सीमानाका देखि विमानस्थलसम्म कडाई गरिएको छ । नेपाल छिरेका गैरकानूनी मुस्लिम आप्रवासीमाथि निगरानी बढाइएको छ । धुलिखेल पुगेका रोहिंग्या मुसलमानलाई सुरक्षाकर्मीले फर्काएर काठमाडौं ल्याएका छन् ।

बँगलादेश, बर्मा, पाकिस्तान र अफगानिस्तान जस्ता देशबाट गैरकानूनी रुपमा नेपाल पसेका आप्रवासीहरुमाथि निगरानी बढाइएको छ । उनीहरुबाट सुरक्षा खतरा हुनसक्नेतर्फ सरकार गम्भीर भएको बुझिएको छ । विशेषगरी भारतसँगको सीमानाकामा अतिवादी गतिविधि हुनसक्नेतर्फ प्रशासन सतर्क राखिएको छ ।

भारतको उत्तरतर्फको हवाई उडान प्रभावित भएको छ । त्यसको असर नेपाल आउने विमानहरुमा पनि पर्न सक्छ । उडान लामो या ढिला हुनसक्ने देखिएको छ ।

प्रतिक्रिया