२५ बैशाख २०८२, बिहिबार | May 8, 2025

‘अपरेशन सिन्दूर’ को तारोमा परेका अजरको विमान अपहरणसँग साइनो


6.5k
Shares

एजेन्सी, २४ वैशाख । भारतले पाकिस्तानमाथि गरेको मिसाइल हमलालाई अपरेशन सिन्दूर नाम दिएको छ । हिन्दू महिलाको सिन्दूर पुछ्ने गरी २६ जनाको पहलगाममा भएको हत्याको बदलामा भारतले हमला गर्यो । जसमा आतंकवादी संगठनका नाइकेका परिवारका सदस्य मारिएका छन् ।

लस्कर ई तइबा, जैसे ई मोहम्मद र हिजबुल मुजाहिद्धिनका अखडामा हमला गरी ध्वस्त पारिदिएको छ । पाकिस्तानले २६ जना मारिएको पुष्टि गरेको छ ।

जैसे ई मोहम्मदका नेता मौलाना मसुद अजरले आफ्नो परिवारको १० सदस्य मारिएको खुलाएका छन् । उनका ४ सहयोगी पनि मारिएका छन् ।

अजर १९९९ मा एयर इन्डियाको यात्रुवाहक विमान काठमाडौंबाट अपहरणमा परेपछि भारतको कारागारबाट रिहा गरिएका थिए । आतंकवादी अपहरणकारीले विमान सकुशल छाड्न अजरलगायतको रिहाईको माग गरेका थिए । उनी कान्दाहारबाट रिहा भई पाकिस्तानमा सक्रिय छन् । पाकिस्तनले उनलाई सुरक्षित रहन दिएको छ ।

प्रतिक्रिया