भारत-पाक टकराव बढ्दा नेपालमा किन आए पाकिस्तान सेना

काठमाडौं, २४ वैशाख । भारत र पाकिस्तानबीच पहलगाममा भएको आतंकवादी हमलाका कारण टकराव बढिरहँदा नेपालमा पाकिस्तानी सैन्य टोली आएको घटनाले तरंग ल्याएको छ । संसदमा अमरेश सिंहले यो विषय उठाएका छन् ।
पाकिस्तानी सैन्य टोली निम्त्याउनुलाई गम्भीर घटना भनी उनले बोलेका छन् । यस्तो समयमा पाकिस्तानी सैन्य टोलीलाई आमन्त्रण गर्नु ठिक थिएन भने । २२ वैशाखमा सरकारले पाकिस्तानी सैनिक अधिकृत मन्सुर अन्सारीको नेतृत्वमा ११ सदस्यीय टोलीलाई डाकेर अतिथि बनाएको भनी अमरेशले आलोचना गरे । उक्त टोली कतार एयरवेजबाट नेपाल आएको बताइएको छ ।
अमरेशले संसदमा बोलेको भोलिपल्टै भारतले पाकिस्तानमाथि हमला गरेको छ । उत्तरी भारतमा हवाई उडान समेत प्रभावित छ यतिबेला । हवाई क्षेत्र नै परिवर्तन गरिएको कारण अमृतसर, लेह, चन्डीगढ, धर्मशालालगायतका क्षेत्रबाट उडान भर्ने विमान प्रभावित भएका छन् ।