२४ बैशाख २०८२, बुधबार | May 8, 2025

के हो ‘अपरेशन सिन्दुर’


581
Shares

एजेन्सी, २४ वैशाख । काश्मिरको पहलगाममा पाकिस्तानका दुई र भारतका एक गरी तीन आतंकवादीले एक नेपालीसहित २६ जनाको हत्या गरेका थिए । यो घटनामा धर्म सोधेर छानी छानी हिन्दूको हत्या भएको थियो । आतंकवादीले महिलालाई भने छाडेका थिए । महिलाहरुले आफूलाई पनि मार्न भनेका थिए । तर, आतंकवादीले उनीहरुको सिन्दुर पुछ्ने बनाएर छाडिदिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादीले हिन्दू नारीको सिन्दुर पुछेको घटनाको बदला लिने घोषणा गरेका थिए । हिन्दू नारीका लागि सिन्दुर सौभाग्य हुन्छ । त्यही पुछिदिए मुस्लिम आतंकवादीले ।

२४ वैशाखको विहानै भारतले पाकिस्तानस्थित आतंकवादीको आधार केन्द्रमा हमला गर्यो । यो हमलाको नाम राखियो अपरेशन सिन्दुर । यो नाम निकै अर्थपूर्ण छ । हमलामा आतंकवादीको ४ वटा आधार केन्द्र ध्वस्त पारियो ।

विगतमा पनि विभिन्न नामको अपरेशनमा भारतले पाकिस्तानस्थित आतंकवादीको आधार क्षेत्रमा आक्रमण गरेको थियो ।

प्रतिक्रिया